











केहि महिनाअघि महानायक राजेश हमालले आफूलाई विवाहको आवश्यकता महसुस भैरहेको बताएका थिए । हाल आएर राजेशकी गर्लफ्रेन्डको खुलासा मात्र भएको छैन लामो समयदेखि दुईबीच अफेयर र डेटिङ चलिरहेको पुष्टि भएको छ । बिराटनगर घर भएकी २७ वर्षिया क्षेत्री थरकी एक युवती राजेशकी गर्लफ्रेन्ड भएको खुलासा भएको छ । तर ती युवती चलचित्र क्षेत्रबाहिरकी हुन् । स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालयको आमसंचार संकायमा डिग्रीमा अध्ययनरत ती युवतीलाई राजेशले आफ्नी भावी जीवनसंगिनी भएको बताइसकेका छन् ।
विवाहका लागि उपयुक्त बधु पाइसकेको बताउँदै हमालले केही समयभित्रै विवाहको औपचारिक घोषणा गर्ने जानकारी दिए । सात वर्षपहिले लाजिम्पाटको होटल र्याडिसनमा एक औपचारिक कार्यक्रममा भेट भएका राजेश र नाम नखुलेकी ती युवतीले इमेल ठेगाना आदानप्रदान गरेका थिए । त्यसपछि सँधैजसो दुवैबीच इमेलमा च्याट भैरहन्छ जुन अहिले पनि जारी छ । राजेशका अनुसार दुवैबीच अहिले सन्तुलनकारी प्रेम अफेयर चलिरहेको छ । आफूभन्दा लगभग आधा उमेरकी कान्छी ठिटीसँग राजेशले लगनगाँठो कस्न लागेका हुन् । स्रोतका अनुसार राजेश र ती युवती हालैको महिना जापान र थाइल्यान्डमा पनि बिदा मनाउन गएका थिए । उक्त लामो अफेयरलाई स्वयम राजेशले पुष्टि गरेका हुन् ।